फेरि बढ्यो सुनको मूल्य
सोमबार, १३ माघ २०७६, ११ : ४५
सुनको मूल्य फेरि बढेको छ । सोमबार सुनको मूल्य ५ सयले बढेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७६ हजार पुगेको छ । हिजो आइतबार ७५ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।
छापावाल सुन प्रति दशग्राम ६५ हजार १ सय ६० अर्थात तोलाको ७६ हजार पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजार भाउँ बढ्दा स्थानीय बजारमा सुनचाँदीको भाउँमा बृद्धि आएको महासंघले जनाएकोछ ।
यस्तै चाँदीको भाउँ पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको ९ सय पुगेको महासंघले जनाएको छ । आइतबार तोलाको ८ सय ९५ मा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी