शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेयर कप भलिबल प्रतियोगिता शुरु

सोमबार, १३ माघ २०७६, ११ : ४०
सोमबार, १३ माघ २०७६

कैलाली । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सुदुरपश्चिम प्रदेश स्तरीय गोदावरी मेयर कप भलिबल प्रतियोगीता कैलालीको अत्तरियामा शुरु भएको छ ।

न्यु सृजनशील युवा क्लवको आयोजनामा सुरु भएको सो प्रतियोगिता आज गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिंह साउदले उद्घाटन गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख साउदले युवाहरुको दक्षता अभिवृद्रि गर्न नगरपालिका सदैव अग्रसर भएर लाग्ने वताए ।

न्यु सृजनसिल युवा क्लबका अध्यक्ष नरबहादुर राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा न्यु सृजनशिल युवा क्लबका संस्थापक शर्मानन्द भट्टले स्वागत मन्त्व्य राखेका थिए।

कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य उद्धवराज भट्टराई, नेकपा गोदावरी नगर कमिटिका अध्यक्ष गोकर्ण भट्ट, नेपाल भलिबल संघका सचिव जगदीश प्रसाद भट्टले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगिताको विजेता टिमले नगद २ लाख १ हजार र १ सय ११, द्वितीय हुने टिमले १ लाख १ हजार १ सय ११, तृतीय हुने टिमले २० हजार १ सय ११ र चतुर्थ हुने टिमले १० हजार १ सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन हुने  छ ।  प्रतियोगितामा ९ ओटा टिमको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप