शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठकः पुस ११ गते भएका यी निर्णय सच्याइँदै

सोमबार, १३ माघ २०७६, ११ : ३१
सोमबार, १३ माघ २०७६

काठमाडौं  । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ ।

बैठकमा शुक्रबार शीर्ष नेताहरुबीच भएको सहमति अनुसार एजेण्डा तय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए ।

सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार शीर्ष नेताहरुबीच भएको छलफलमा महाधिवेशन तोकिएकै समयमा गर्ने र तल्ला तहको अधिवेशनको मिति केही हेरफेर गर्ने सहमति भएको छ ।

नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ ।

गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार काँग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत् रहनेछ । ११ पुसमा भएका निर्णयमा हेरफेर हुने विषय आजको बैठकको एजेण्डा भएको शर्माको भनाई छ ।

उनले भने, ‘शीर्ष नेताहरुबीच शुक्रबार भएको सहमति अनुसार महाधिवेशनको तिथि मिति नसर्के गरी अरु केही विषयमा हेरफेर हुन्छ । जुन विषय सच्याउनु पर्दैन, त्यो विषय फेरी आज बैठकमा प्रवेश हुँदैन । पुस ११ गतेको निर्णय यथावत रहन्छ ।’

तर संस्थापन इतर पक्षले केन्द्रीय महाधिवेशन विषयमा एकलौटी निर्णय भएको भन्दै त्यही मितिमै भएपनि सहमतिबाट केन्द्रीय समितिले निर्णय लिनु पर्ने बताउँदै आएका थिए । गत मंसिर देखि केन्द्रीय समिति बैठकमा अनपस्थिति संस्थापन इतर पक्ष पनि आजको बैठकमा सहभागी हुनेछ । आजको बैठकमा महाधिवेशन गर्ने मिति यतावत् राखेर तल्लतो तह कार्यतालि र कार्यविधिको संशोधन प्रस्ताव पेश हुनेछ।

शुक्रबार बसेको शीर्ष नेताले बैठकले महाधिवेशनको कार्यतालिका र कार्यविधि परिमार्जन गरी प्रस्ताव पेश गर्न महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का साथै नेताहरु रमेश लेखक र मिनेन्द्र रिजाल लाई जिम्मेवारी दिएको थियो।

काँग्रेसमा भदौमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका संशोधनको तयारी भएको छ ।

११ पुसमा बसेको केन्द्रीय समिति बैठकले ०७७ मंसिरमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो ।

विधानका दफा निलम्बनको निर्णय पनि हेरफेर हुने छ । तर केन्द्र र प्रदेश अधिवेशन हुनु एक वर्षअघि नै स्थानीय तहका सबै अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने विधानको उक्त प्रावधान निलम्बन भने यथावत रहनेछ ।

आजको बैठकमा १३ औँ महाधिवेशनको सदर क्रियाशील सदस्यताको नामावलीको हार्ड र सफ्ट कपी उपलब्ध गराउनुपर्ने पौडेल पक्षको सुनाइ हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप