शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पदेखि ओबामासम्मः किन शोकमा डुब्यो अमेरिका ?

सोमबार, १३ माघ २०७६, १० : ११
सोमबार, १३ माघ २०७६

बास्केटबलका महान खेलाडी कोबी ब्रायन्टको आइतबार एक हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । उक्त दुर्घटनामा उनीबाहेक अन्य ८ जनाको मृत्यु भएको छ जसमा ब्रायन्टकी १३ वर्षीया छोरी गियेना पनि समावेश थिइन् । ब्रायन्टको मृत्युका कारण अमेरिका शोकमा डुबेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पदेखि बराक ओबामासम्मले ट्वीटरमा शोक जताएका छन् ।

दुर्घटनाको खबरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लेखेका छन्, ‘बास्केटबलका महान खेलाडी कोबी ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ । यो निकै दुःखदायी खबर हो ।’

यस्तै, पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले लेखेका छन्, ‘कोबे कोर्टमा एक लेजेन्ड दिए । गियेनालाई गुमाउनु एक आमा–बुवाको रुपमा हाम्रो लागि थप पीडादायी छ । मिशेल र म भेनेसा (ब्रायन्टकी श्रीमती) र पूरा ब्रायन्ट परिवारलाई एक अकल्पनीय दिनमा प्रेम र प्रार्थना पठाउँछौं ।’

बास्केटबलका अर्का महान् खेलाडी बिली रसेलले लेखे, ‘मेरो सबैभन्दा प्रिय व्यक्तिमध्येका एक ब्रायन्टको मृत्युको खबरमा म र जियनाइन शोकाकूल छौं । भेनेसा र उनको परिवारसँग हाम्रो पूरा समवेदना छ । कोबे, तिमी मेरो निकै ठूलो प्रशंसक थियौं तर वास्तवमा भन्ने हो भने म तिम्रो प्रशंसक थिएँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप