शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेयमारको दुई गोलमा पिएसजी विजयी

सोमबार, १३ माघ २०७६, ०८ : ४५
सोमबार, १३ माघ २०७६

ब्राजिलियन सुपरस्टार नेयमारले दुई गोल गरेसँगै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिलेमाथि सानदार जित निकालेको छ । लिगको उपाधि दौडमा रहेको पीएसजीले आइतबार राति लिलेलाई उसैको मैदानमा २–० गोलले हरायो ।

पिएसजीको जितमा नेयमारले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेका थिए । नेयमारले २८औं मिनेटमा पहिलो गोल गरे । उनले थोमस म्युनियरको पासमा गोल गरेका थिए । त्यसपछि नेयमारले ५२औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे । केलियन एमबाप्पेको प्रहारलाई लिलेका ग्याब्रिएलले डिबक्स भित्र ह्यान्ड गरेपछि पीएसजीले पेनाल्टी पाएको थियो । जसलाई नेयमारल सही सदुपयोग गरे ।

जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले २१ खेलबाट ५२ अंक बनाएको छ । पीएसजी दोस्रो स्थानमा रहेको मार्सेलीभन्दा १० अंकले अगाडी छ । समान खेलबाट मार्सेलीको ४२ अंक छ । ३१ अंक बनाएको लिले सातौ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप