शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पारिवारिक लेनदेनको विवादमा पेट्रोल छर्केर श्रीमानले जिउँदै जलाए श्रीमती

सोमबार, १३ माघ २०७६, ०७ : ४३
सोमबार, १३ माघ २०७६

सिराहाको औरी गाउँपालिका–२ मा श्रीमान्ले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।

घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पु¥याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो । तर, अस्पताल पु¥याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा  महेश्वर गौतमले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप