मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बग्दादस्थित अमेरिकी दूतावास परिसरमा फेरि रकेट आक्रमण

आइतबार, १२ माघ २०७६, २३ : ४८
आइतबार, १२ माघ २०७६

एजेन्सी । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासनजिकै फेरि मिसाइल हमला भएको छ । समाचार एजेन्सी एएफपीले सुरक्षा स्रोतको उदृत गर्दै बग्दादस्थित अमेरिकी दूतावास नजिकै आइतबार थुप्रै रकेटहरु प्रहार गरिएको जनाएको छ । अमेरिकी चेतावनीपछि पनि लागातार आक्रमण भएपछि मध्यपूर्वमा थप तनाव बढ्ने संकेत देखिएको छ ।

यद्यपि, यो आक्रमणको कुनै पनि देश वा संगठनले जिम्मेवारी भने लिइसकेको छैन । टाइग्रिस नदीको पश्चिमी किनारमा विस्फोटका आवाजहरु सुनिएको र त्यहाँ धेरै देशका दूतावासहरू रहेको त्यहाँ पुगेका एजेन्सीका एक प्रतिनिधिले जानकारी दिएका छन् ।

सञ्चारमाध्यामहरुकाअनुसार तीन उच्च क्षमताका रकेट (मिसाइल) त्यहाँ अवस्थित उच्च सुरक्षा जोनमा खसेका छन् भने अन्य पाँचवटा रकेट अर्को ठाउँमा खसेका छन् ।  यी आक्रमणहरूमा हताहतीबारे समाचार बाहिर आइसकेको छैन् ।

केही दिनअघि इराकको राजधानीको उच्च सुरक्षा ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावासमा तीनवटा रकेट प्रहार गरिएको थियो। यद्यपि, यी आक्रमणहरूमा पनि कुनै हताहती भएको थिएन ।
स्मरणरहोस्, हरित क्षेत्र मध्य बगदादमा अवस्थित छ, जहाँ सरकारी भवनहरू र कूटनीतिक भवनहरु रहेका छन् ।

रिपोर्टहरूले भनेका छन्कि अमेरिकी दूतावास विगत केहि महिनायता धेरै पटक निशानामा परिसकेको छ । ग्रीन जोन क्षेत्रमा हुने आक्रमणलाई अमेरिकाले इरान समर्थित अर्धसैनिक समूहलाई जिम्मेवार ठहराइरहेको छ। ईरानी जनरल कासिम सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच द्वन्द्व चर्किरहेको छ । Photo: Jagaran.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप