मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ठाकुरबाबामा जङ्गली हात्तीको आतङ्क

आइतबार, १२ माघ २०७६, २२ : ३८
आइतबार, १२ माघ २०७६

बर्दिया । बर्दियामा ठाकुरबाबा नगरपालिका वडा नं ६ वनखेत गाउँमा जङ्गली हात्तीले आतङ्क मचाउँदा तीन घर भत्काउनुका साथै सम्पत्ति नष्ट गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीले निकुञ्ज आसपास गाउँ पसी बेलाबेला छेउछाउका घर भत्काउनुका साथै सम्पत्ति नष्ट गर्दै आएका छन् । 

ठाकुरबाबा नपा– ६ वनखेत बस्ने चन्द्रकली आचार्यको कच्ची घर फोरेर अन्दाजी २० क्विन्टन धान नष्ट गरेको छ । त्यसैगरी सोही स्थानका जेगरुपी थारुको घर पनि भत्काएको छ भने अन्न एवं धनमाल नष्ट गरेको छ । सोही गाउँ बस्ने कुटु थारुको खरले छाएको कच्ची घर पनि हात्तीले भत्काएको सशस्त्र प्रहरीले हवल्दार सागर ढकालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप