मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

एफए कपमा सिटीको सानदार जित

आइतबार, १२ माघ २०७६, २२ : २२
आइतबार, १२ माघ २०७६

एजेन्सी । फुल्हाममाथि सानदार जित निकाल्दै म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा आइतबार बेलुका भएको खेलमा सिटीले फुल्हामलाई ४–० गोलले हरायो । एपक्षीय खेलमा सिटीलाई जिताउन इके गुन्डोगानले आठौं मिनेटमा पेनाल्टी मार्फत खाता खोले । 

यसअछि छैटौं मिनेटमा फल खेलेका कारण फुल्हामका टिम रेम रातो कार्ड पाउँदै बाहिरिएका थिए । सिटीले त्यही गल्तीमा पेनाल्टी पाएको थियो । त्यसपछि १० खेलाडीमा समेटिएको फुल्हाममाथि सिटीले लगातार गोलको अवसर बनायो । 

बर्नाडो सिल्भाले १९ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ग्याब्रियल जेससले ७२ औं र ७५ औं मिनेटमा ब्यक्तिगत दुई गोल थप्दै सिटीलाई सहज जित दिलाएका थिए । खेलको सुरुमै १० खेलाडीमा समेटिएको फुल्हामले गोलगर्न लायक अवसर बनाउन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप