बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सहायक वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

आइतबार, १२ माघ २०७६, २२ : १७
आइतबार, १२ माघ २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबई सव डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत आनन्दप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

काठको लगत राखिदिएबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको बुटवल सम्पर्क कार्यालयबाट गएको टोलीले साहलाई रु १० हजार घुससहित पक्राउ गरेको थियो । आरोपी साहलाई बिगो असुल गरी कारवाहीको माग गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप