इन्टरलाई अर्को धक्का
इटालियन सिरि ‘ए’ फुटबलको उपाधि दौडमा रहेको इन्टर मिलानलाई काग्लियरीको अर्को धक्का लागेको छ । आइतबार राति भएको खेलमा इन्टर घरमै काग्लियरीसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
इन्टरको यो लगातार दोस्रो बराबरी हो । यसअघिको खेलमा पनि इन्टर लिस्सेसँग बराबरीमा रोकिएको थियो । लगातारको बराबरीले इन्टरको उपाधि दौड कमजोर बन्दै गएको छ । यस बराबरीले शीर्ष स्थानमा रहेको युभेन्टेसलाई थप फाइदा पुगेको छ ।
घरेलु मैदानमा सुरुवाती अग्रता लिएरपनि इन्टरले अंक बाँडेको हो । इन्टरका लागि लौटारो मार्टिनेजले २९औं मिनेटमा गोल गरे । त्यसपछि काग्लियरीका राड्जा नाइङगोलानले ७८औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
इन्टरदोस्रो हाफको इन्जुरी समयमा १० खेलाडीमा समेटिएको थियो । इन्टरका लौटारो मार्टिनेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि थप गोल नहुँदा दुवै टोलीले एक एक अंक बाँडे । बराबरीसँगै दोस्रो स्थानमा रहेको इन्टरले २१ खेलबाट ४८ अंक बनाएको छ ।
शीर्ष स्थानमा रहेको युभेन्ट्सको ५१ अंक छ । युभेन्ट्सले एक खेल कम खेलेको छ । ३१ अंक बनाएको काग्लियरी सातौं स्थानमा छ । यदि आइतबार रातिनै हुने खेलका युभेन्ट्सले नापोलीलाई हराएमा युभेन्ट्सले शीर्ष स्थानमा ६ अंकको अग्रता लिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा