बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा डाँका गर्ने गिरोह पक्राउ

आइतबार, १२ माघ २०७६, २० : ४०
आइतबार, १२ माघ २०७६

प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डाँका गर्ने गिरोहलाई पक्राउ गरेको छ । 

महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर डाँका कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दाङका भीमबहादुर घर्तीमगर, नुवाकोटका नकुर तामाङ, रसुवाका दावा छिरिङ तामाङ र तेन्जिङबहादुर तामाङ, रामेछापका कुमारबहादुर बुढाथोकी र काठमाडौँका २८ वर्षीय सञ्जित वाइवा रहेका छन् । 

महाशाखाले आज पत्रकार सम्मेलन गरी विभिन्न बहाना बनाई प्रलोभनमा पारेर लाखौँ रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिएको हो । 

सो अवसरमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाल्चोकका एक व्यक्तिसँग विभिन्न प्रलोभन पारेर रु ५० लाख लुटेर फरार रहेको समूहलाई पक्राउ गरिएको जानकारी दिए ।

“पीडित व्यक्तिलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा खुर्सानीको धुलो छर्केर रु ५० लाख लुटपाट गरी फरार रहेको अनुसन्धानमा खुलेको छ”, उनले भने । 

प्रहरीले पक्राउ परेकासँग नगद रु १८ लाख ७५ हजार ५००, चोरीको मोटरसाइकल एक थान, मोटरसाइकल तीन थान, सुनको औँठी एक थान र विभिन्न कम्पनीका मोबाइल बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप