मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘साङ्लो’ दोस्रो गीत ‘झ्याम्मै’ सार्वजनिक

आइतबार, १२ माघ २०७६, १८ : १३
आइतबार, १२ माघ २०७६

काठमाडौं । अभिनेता विराज भट्टको पूर्वमिस नेपाल निकिता चाण्डकसँग रोमान्स रहेको फिल्म हो ‘साङ्लो’ । यही २४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको दोस्रो गीत ‘झ्याम्मै’ सार्वजनिक गरिएको छ । 
निर्माण युनिटले डान्सिङ नम्बरको रुपमा तयार पारेको यो गीत फिल्मको प्रचारलाई थप हाइट दिन सार्वजनिक गरिएको हो । विराज र निकितानै देखिएको गीतको भिडियोमा बिराज रफ पहिरनमा देखिएका छन्, भने  निकिता बोल्ड अन्दाजमा प्रस्तुत भएकी छन् । 

निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमासुरेश अधिकारीले संगीत भरेका छन् । गीतका शब्द गायक भट्टराई आफैंले कोरेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीत हालसालै काठमाडौंमा छायांकन गरिएको हो । 

फिल्ममा बिराज र निकिताको अलवा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम् अधिकारीको लेखनमा रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायाँकन छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप