शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनकोशी गाउँपालिकामा नमुना खेल मैदान निमार्णको डिपिआर तयार

आइतबार, १२ माघ २०७६, १८ : ०५
आइतबार, १२ माघ २०७६

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा नमुना खेल मैदान निमार्णको प्रकृया अघि बढेको छ। 

सुनकोशी गाउँपालिका ७ च्यानम स्थित प्रबुद्ध माविको खेल मैदानमा नमुना खेल मैदान निमार्ण गर्ने प्रकृया अघि बढेको हो ।

 गाउँपालिका अध्यक्ष रुद्ध प्रसाद अधिकारीका अनुसार खेल मैदान निमार्णका लागि जग्गाको लालपुर्जा सहित डिटेल प्रोजेक्ट रिपोर्ट डिपिआर निमार्ण गरी युवा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ । 

आईतबार माननिय संसाद यज्ञराज सुनुवार,नेपाली काग्रेसका जिल्ला सभापति प्रदीप कुमार सुनुवार तथा गाउँपालिका प्रमुख रुद्ध प्रसाद अधिकारी लगायतका टोलीले युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा समक्ष खेलकुद मैदान निमार्णका लागी आवश्य बजेटको माग गर्दै डिपिआर बुझाएका छन् ।

गत भदौ महिनामा मन्त्रालयले न्युनतम मापदण्ड पुरा गरी नमुन खेल मैदान निमार्णका लागी मागपत्र पेश गर्न प्रत्येक स्थानिय तहलाई पत्राचार गरेको थियो । सोही अनुसार गाउँपालिका स्थित प्रबुद्ध माबी च्यानको खेल मैदन उपयुक्त भएको भन्दै गाउँपालिकाले डिपिआर तयार गरेर पेश गरेको अध्यक्ष अधिकारीको भनाई छ । सरकारको न्युनतम मापदण्ड अनुसार यस मैदान २९ रोपनी भन्दा बढी क्षेत्रफलको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप