बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा हवाई आक्रमण, १६ तालिवान लडाकू मारिए

आइतबार, १२ माघ २०७६, १७ : ४१
आइतबार, १२ माघ २०७६

अफगानिस्तान । अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन् । तालिवान लडाकूहरुको आश्रयस्थलका रुपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको घटनामा परी उनीहरु मारिएका हुन् । 

अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले आइतबार दिएको जानकारी अनुसार तालिवान लडाकूहरुलाई नै लक्षित गरेर हवाई आक्रमण गरिएको जानकारी दिए ।

लडाकूहरु लुकेर बसेको सूचना थाहा पाएपछि सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा केही दिनदेखि सुरक्षा कारबाही चलाएका थिए । घटनाका बारेमा तालिवान लडाकूहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।  घटनास्थल केन्द्रीय राजधानी काबुलदेखि ३०५ किलोमिटर उत्तरतर्फ पर्दछ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप