शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेलको शिविरबाट ११ सय बिरामी लाभान्वित

आइतबार, १२ माघ २०७६, १७ : १९
आइतबार, १२ माघ २०७६

मोरङ । नोबेल शिक्षण अस्पतालले मोरङको सुनबर्षी नगरपालिका–२ अमरदहमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय २२ जना बिरामी लाभान्वित भएका छन् । अमरदह स्थित वीरेन्द्र सार्वजनिक माध्यमिक बिद्यालयसँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

 शिविरमा २ सय १ जनाको भिडियो एक्सरे, १ सय ६५ जनाको ल्याव टेष्ट र १ सय १० जनाको ईसीजी गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनका अनुसार सुनबर्षी नगरपालिकाका बिभिन्न वडासहित रतुवामाई नगरपालिका र पथरीशनिश्चरे नगरपालिका क्षेत्रका बिरामीहरु पनि उपचारका लागि शिविरमा आएका थिए ।

  शिविरमा नोबेलबाट बिशेषज्ञ डाक्टरसहित १५ जना स्वास्थ्यकर्मीको टोली गएको थियो । नोबेलको जेनेरल मेडिसिन, स्त्री, हाडजोर्नी तथा नसा, बाल, मानसिक, दन्त लगायत बिभागका बिशेषज्ञ डाक्टरहरुले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । नोबेलले पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप