बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरेलको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रदेशसभा बैठक स्थगित

आइतबार, १२ माघ २०७६, १७ : १७
आइतबार, १२ माघ २०७६

बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक सांसद बलदेव शर्मा पोखरेलको निधनमा  शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । 

आइतबारको प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले शोक प्रस्ताव प्रस्तुत गर्दै पोखरेलको निधनले प्रदेशलाई अपूरणनीय क्षति भएको उल्लेख गरेका थिए । प्रदेशसभामा विपक्षी दल नेपाली काँग्रेसका नेता पोखरेलको यही माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।

समानुपातिक निर्वाचन प्रक्रियाबाट निर्वाचित विपक्षी दलका नेता पाखरेलको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनसमेतमा क्षति भएको जनाउँदै उनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

उनप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौन धारण गरिएको थियो । शोक प्रस्ताव पारित भएसँगै बैठक स्थगित गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप