बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मेयरविरुद्ध किटानी जाहेरी

आइतबार, १२ माघ २०७६, १६ : ३५
आइतबार, १२ माघ २०७६

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध आइतबार प्रहरीमा जाहेरी परेको छ । 

 जानकी मन्दिरको फूलबारी अतिक्रमणका विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुलाई दुर्व्यवहार भएको विषयमा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले मेयर साह विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका हुन् । 

गत पुस  २२ गते उपमहानगरका प्रमुख साहको कार्यकक्षमै पत्रकार अमरकान्त ठाकुरमाथि हातपात भएको थियो भने सो विषयमा कुरा गर्न पुगेका अध्यक्ष मिश्रमाथि पनि मेयरबाट अपशब्द प्रयोग भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप