सापकोटालाई सभामुख बनाइएकोप्रति चित्रबहादुरको विरोध
आइतबार, १२ माघ २०७६, १६ : २६
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपाको प्रस्तावमा अग्निप्रसाद सापकोटालाई सभामुख बनाइएकोप्रति विरोध जनाएका छन् ।
उनले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राष्ट्रिय जनमोर्चाले यसलाई गलत मानेको छ र त्यसको लागि विरोध गर्ने निर्णय गरेको छ । ज्यानसम्बन्धी मुद्दाको आरोप लागेका सापकोटालाई सत्ताको दबाबको कारण उनी उपर उजुरी प्रहरीले दर्ता नगरी कानुनको गम्भीर उल्लंघन भएको छ ।’
सर्वोच्चमा परेको रिटको पेशी बारम्बार सारेर त्यस सम्बन्धी न्यायोचित कारबाहीलाई अवरुद्ध गर्ने काम भएको भन्दै केसीले त्यस प्रकारको पृष्ठभूमिमा सापकोटालाई सभामुख पदमा निर्वाचित गरिनु गलत भएको बताएका छन् ।
आइतबारै सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा