मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

३ हजार २८२ जना नयाँ कुष्ठरोगका बिरामी फेला

आइतबार, १२ माघ २०७६, १६ : १६
आइतबार, १२ माघ २०७६

काठमाडौँ । आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार २८२ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी हो ।  आर्थिक वर्ष २०७४/०७५ मा ३ हजार २४९ जनामा कुष्ठरोगको संक्रमण रहेको पत्ता लागेको थियो । 

अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका अनुसार अहिले उपचारमा २ हजार ९२१ जना संलग्न रहेका छन् । नयाँ मध्ये १४ वर्षमूनिका २६० जना विरामी छन् । नयाँ विरामी मध्ये ११ सय ४२ जना महिला रहेका छन् । केन्द्रका प्रमुख डा. उत्तम घिमिरेका अनुसार नयाँ विरामीको तह २ असमर्थता भएको विरामीको संख्या १५६ रहेको छ ।

केन्द्रका अनुसार तराई लगायतविभिन्न १७ जिल्लाहरुमा कुष्ठरोगको प्रकोपदर १ भन्दा बढी रहेको छ । अहिलेसम्म कुष्ठरोगको कारणबाट ३१ हजारभन्दा बढी अपांग भएको अनुमान केन्द्रले गरेको छ ।

 नेपालमा वि.स. २०६६ साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा गरिएको भएपनि १७ जिल्लामा कुष्ठरोगका निवारण हुन सकेको छैन । ६७ औं विश्व कुष्ठरोग दिवकाका अवशरमा केन्द्रले सन् २०२० को अन्त्यसम्म सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रति १ हजार जनसंख्यामा १ भन्दा कम गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी कुष्ठरोगको नयाँ बिरामीमध्ये १४ वर्षमुनिकाहरुको हकमा असमर्थताको तह २ लाई शून्य बनाउने, सबै नयाँ निदान भएका कुष्ठरोगका विरामीहरुमा तह २ असमर्थतालाई प्रति १० लाख जनसंख्यामा १ भन्दा कम गर्ने र कुष्ठरोग प्रभावितहरुलाई भेदभाव हुने प्रकारको कानूनी प्रावधानहरुलाई शून्य बनाउने लक्ष्य लिएको छ । सरकारले झापा, मोरङ, पर्सा, धनुषा, रुपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुर, अछाम, उदयपुर, इलाम लगायतका जिल्लामा कुष्ठरोग संक्रमणको न्यूनिकरण गर्न एलपीइपी सेवा सञ्चालन गरेको छ ।

त्यसैगरी आनन्दबन अस्पताल, आइ.एन.एफ र लालगढ कुष्ठरोग अस्पतालको सहकार्यमा सुधारात्मक शल्यक्रियाका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । केन्द्रका अनुसार ७७ वठै जिल्लामा प्रदेश मेडिकल स्टोर मार्फत बहुऔषधि व्यवस्थापन भइरहेको छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने तर ज्यादै कम सर्ने रोग हो ।

९५ प्रतिशत मानिसमा किटाढाुसँग लड्न सक्ने क्षमता हुन्छ । सुरुको अवस्थाा रोगको उपचार गर्न सके यो रोग अरुलाई सर्दैन र अपांगता हुनबाट बचाउँछ । सरकारले कुष्ठरोगको नियमित उपचार पुरा गरेपनि १ हजार र रोगबाट हुने जटिलताको उपचार गर्न प्रेषण अस्पतालमा भर्ना हुने प्रभावितलाई थप एक हजार यातायात खर्च बाफत उपलब्ध गराउँदै आएको छ । ‘

कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य मानवअधिकारको सम्मान’ भन्ने नाराका साथ आइतबार कुष्ठरोग दिवस मनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप