शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चाँदीका गहना सहित २ जना पक्राउ

आइतबार, १२ माघ २०७६, १५ : ११
आइतबार, १२ माघ २०७६

सिरहा । सिरहाको लहान नगरपालिका-८ बाट अबैध रुपमा बोकेर हिँडेको ५ किलो ७ सय ४२ ग्राम बराबरको चाँदीका विभिन्न गहना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१४ बस्ने ३० वर्षीय सुमन बिक र झापा शिवसतासी नगरपालिका-८ झिलझिले बस्ने ३८ वर्षीय दल बहादुर बिक रहेका छन् । 
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त गहनाहरू सहित फेला पारी उनीहरुलाई  पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप