अमेरिकामा लुकेको भनिएकी उपमेयरले भनिन्–मलाई बाँच्न दिनुहोस्
काठमाडौँ । एक कार्यक्रमका लागि अमेरिका गएर त्यतै पलायन भएको भनिएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) ले आफू अमेरिकामा लुकेको नभइ बिरामी परेको स्पष्ट पारेकी छिन् ।
पछिल्लो समय उनी अमेरिकामै लुकेको भन्ने आशयका समाचार भाइरल भइरहेको बेला सामाजिक सञ्जालमार्फत उनले बिरामी भएका कारण समयमा फर्किन नसकेको स्पष्टीकरण दिएकी हुन् ।
सामाजिक सञ्जालमा उनले भनेकी छिन्, ‘म हराएको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रतन शाहीजीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।’
उनले आफ्नो स्वास्थ्यबारे मेयरलाई जानकारी गराउन पटक पटक फोन सम्पर्क गरेपनि मेयरले फोन नउठाएको दावी गरेकी छिन् ।
‘अमेरिकाबाट बार बार मेयरलाई सम्पर्क गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालजी सँग पनि कुरो भएको हो, वडा अध्यक्षहरुसँग पनि कुरो भएको हो ।कतैबाट केही प्रतिक्रिया आएन’, उनले सामाजिक सञ्जालमा लेखेको प्रष्टीकरणमा भनिएको छ ।
आफू अमेरिका जाँदा टिकट समेत साथीभाइको सहयोगमा लिएर आएको भन्दै आफ्नो स्वास्थ्य पूर्णरुपमा निको हुन अझै ५ महिना लाग्छ भनेर चिकित्सकले भनेको पनि उनले बताएकी छिन् ।
आफ्नाबारे सञ्चालमाध्यममा आएको समाचारप्रति आपत्ति जनाउँदै उनले भनेकी छिन्, ‘कृपया मलाई बाँच्न दिनुहोस्, म बाँचे त अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भइनँ भने दुनियाँ कै शक्तिशाली भए पनि केही छैन मलाई । अब मेरो बारेमा के भन्न मन लाग्छ, लेख्न मन लाग्छ आफै भन्नुहोस्, के गर्ने हो गर्नुहोस् ।’
उनले आफ्नो घाउमा नुन खुर्सानी हाल्ने काम नगर्न अनुरोध गर्दै आफूलाई जिम्मेवारीको बारेमा राम्रोसँग थाहा भएको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार