भारतमा गणतन्त्र दिवसको दिन चार स्थानमा बम बिस्फोट
भारतमा गणतन्त्र दिवसको मौकामा असमको माथिल्लो भेगमा श्रृङ्खलाबद्ध बम बिस्फोटको खबर सार्वजनिक भएको छ । प्राप्त जानकारीका अनुसार दुई बिस्फोट डिब्रूगढमा, एक सोनारीमा अर्को दुलियाजनको पुलिस थाना नजिकै भएको हो । अहिले कुनै पनि संगठनले यो बिस्फोटको जिम्मेवारी लिएको छैन ।
डिब्रूगढ जिल्लामा एक बिस्फोट ग्राहम बजारमा भयो भने अर्को ए टी रोडमा एक गुरुद्वारेको पछाडि भयो । यी दुई इोत्र डिब्रूगढ पुलिस थाना अन्तर्गत पर्छन् । पुलिसले अर्को बिस्फोट दुलियाजन तेल शहरमा भएको र त्यहाँबाट थप जानकारी आउन बाँकी रहेको जानकारीमा उल्लेख छ । उनका अनुसार एक अन्य विस्फोट चराइदेव जिल्लाको सोनारी पुलिस थाना अन्तर्गत पर्ने इलाका तिओक घाटमा भयो । पुलिसका अनुसार वरिष्ठ अधिकारी बिस्फोट स्थलमा पुगेको र त्यहाँको क्षतीको विवरण संकलन गरिरहेका छन् ।
यस्तै असमको डीजीपी भास्कर ज्योति महन्तले भने, ‘हामीले डिब्रुगढमा बिस्फोटको सूचना पाएका छौं । यसबारे अनुसन्धान सुरु भइसकेको छ र यसमा कसको संलग्नता होला भनेर पनि पत्ता लगाउने कोसिस भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा