शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा १४ नेपालीलाई ५.९६ करोड नगदसहित सम्मान

आइतबार, १२ माघ २०७६, १२ : १३
आइतबार, १२ माघ २०७६

भारतका कार्यवाहक राजदूतले १४ जना नेपालीलाई ५.९६ करोड रुपैयाँ नगदसहित सम्मान गरेका छन् ।

कार्यवाहक राजदूत डा. अजय कुमारले १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका पाँचजना निकटतम नातेदारलाई ५.९६ करोड रुपैयाँ नगद तथा कम्मल वितरण गर्दै सम्मान गरेका छन् ।

भारतीय राजदूतावास, काठमाडौंले आइतबार भारतको ७१ औँ गणतन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान गरेको हो ।

सो अवसरमा राजदूतावासले नेपालका सबै प्रदेशमा रहेका विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान गरेको छ । नेपालको सामाजिक आर्थिक विकासतर्फको यात्रामा नेपालसँग हातेमालो गर्ने भारतको प्रतिबद्धता दोहोर्‍याउँदै राजदूतावासले नेपालका विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० पटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई ६ वटा बस पनि वितरण गरेको छ ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ७ सय ८२ एम्बुलेन्स तथा १ सय ५४ बस प्रदान गरेको छ ।

तस्विर : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप