शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी र पहिरोमा परी ब्राजिलमा ३० को मृत्युः ३५ सयलाई सुरक्षित स्थान पुर्‍याइयो

आइतबार, १२ माघ २०७६, ११ : ३६
आइतबार, १२ माघ २०७६

दक्षिणपूर्वी ब्राजिलमा पछिल्लो दुई दिनदेखि जारी भारी वर्षापछि आएको बाढी र पहिरोमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् । राहत र उद्दारकार्यमा जुटेका नागरिक सुरक्षा दलका अनुसार मिनास गैरेस राज्यमा भारी वर्षापछि साढे तीन हजार व्यक्तिलाई सुरक्षित स्थानमा पर्‍याइएको छ ।

सुरुवातमा मृत्यु हुनेको संख्या ११ थियो । तर शनिबार यो आँकडा बढेको छ । धेरैजसो मृत्यु राजधानी बेलो हरिजोन्टेमा भयो । मौसम विभागका अनुसार यो शहरमा शुक्रबार पछिल्लो १ सय १० वर्षको वर्षाको रेकर्ड तोडेको छ । यहाँ पछिल्लो २४ घण्टामा १७१.८ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यसपछि पहिरोमा थुप्रै भवन भत्किएका छन् । यसमा पुरिँदा धेरैको ज्यान गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप