शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अग्नि सापकोटाविरुद्धको रिट न्यायाधीश फुयाँलले हेर्न नमिल्ने

आइतबार, १२ माघ २०७६, ११ : ३५
आइतबार, १२ माघ २०७६

सभामुखमा उम्मेदवारी दिएका अग्नि सापकोटाविरुद्धको रिटमाथिको सुनुवाई न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ ।

सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले अन्तरिम आदेशको माध्यमबाट सभामुखमा निर्वाचित नगराउन रिट दायर गरेका थिए ।

सापकोटाविरुद्ध सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन परेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा उक्त रिटको पेशी तोकेका थिए ।

पेशीको पहिलो नम्बरमा रहेको भएपनि सापकोटाविरुद्धको उक्त मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ ।

यसअघि कानुन व्यवसायी रहेकै अवस्थामा सुबोध प्याकुरेल लगायतले सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले बहस गरेका थिए । त्यतिबेला फुयाँलले अग्नि सापकोटाविरुद्ध बहस गरेका थिए ।

पहिले सापकोटा विरुद्ध नै सर्वोच्चमा बहस गरेका फुयाँल यतिबेला न्यायाधीश भइ सर्वोच्चमै कार्यरत छन् । त्यसकारण आफूले पहिले सापकोटाकै विरुद्धमा बहस गरेको कारणले पनि अहिले फुयाँलले उक्त मुद्दा हेर्न नमिल्नेमा परेको छ ।

सापकोटाको मुद्दा आज हेर्न नमिल्नेमा परेको कारण आजको पेशी स्थगित भएको छ ।

यता सापकोटा आज नै सभामुखमा चयन हुँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप