केन्द्रीय संस्करण

पाँचखाल नगरपालिका मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा

person explore access_timeमाघ १२, २०७६ chat_bubble_outline0

पाँचखालको समाजकल्याण प्राथमिक विद्यालयमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३९३ स्थानीय बासिन्दाले स्वास्थ्य जाँच गराएका छन्

पाँचखाल नगरपालिकाको समन्वयमा नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सङ्घको आयोजनामा शनिबार सम्पन्न भएको शिविरमा पाकिस्तानमा अध्ययन गरेर फर्किएका आठ चिकित्सकले सेवा प्रदान गरेका थिए ।

नेपालस्थित पाकिस्तानी राजदूत डा मजर जावेद, पाँचखाल नगरका प्रमुख महेश खरेल र नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सङ्घका अध्यक्ष हिमालयनशम्सेर राणाले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

 यसैबीच युवा व्यवसायी एवं नेपाल आँखा अस्पताल शाखा सञ्चालक कल्याण ढुङ्गानाले पाँचखाल–४ समाजकल्याणचोकमा आँखा उपचार केन्द्र स्थापना गरी सेवा दिन थालेका हुन् ।  नगरप्रमुख खरेलले केन्द्रको शुभारम्भ गर्दै विदेश तथा शहरमा रहेका युवा गाउँमा फर्केर  व्यवसाय र सेवामा लाग्न जरुरी रहेको बताए ।

समृद्ध पाँचखाल नगर बनाउन सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुहुँदै उनले नगरपालिकाले मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा आँखा उपचार केन्द्र स्थापना गरेर नगरलाई सहयोग पुग्ने बताए ।  नगर उपप्रमुख लक्ष्मी दनुवार र प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले स्वास्थ्य क्षेत्रमा नगरले प्राथमिता दिएको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...