शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाले वुहानबाट आफ्ना कुटनीनिज्ञ र नागरिक फिर्ता लाने, चार्टर विमानको व्यवस्था गरिँदै

आइतबार, १२ माघ २०७६, १० : ४५
आइतबार, १२ माघ २०७६

एजेन्सी । अमेरिकी सरकारले वुहानबाट उसका नागरिक र कुटनीतिज्ञलाई फिर्ता लानको लागि चार्डर विमानको व्यवस्था गर्दैछ । वुहानमा कोरोनाभाइरसको प्रकोपले विकराल रुप लिएको अवस्थामा अमेरिकाले उक्त कदम चालेको हो ।

अमेरिकी सरकारले वुहानस्थिति अमेरिकी वाणिज्यदूतावासमा रहेका तीन दर्जन कुटनीतिज्ञ र तिनका परिवालाई अमेरिका फिर्ता लान जहाजसँग सम्झौता पनि गरसकेको वाल स्ट्रिट जर्नलले लेखेको छ । त्यसबाहेक वुहानमा रहेको अन्य अमेरिकीलाई पनि जहाजमा सिटको व्यवस्था गरिएको छ ।

अमेरिकी वाणिज्यदूतावास यस अघि बन्द भइसेकको छ र कुटनीतिज्ञलाई बहिरगमनको लागि तयार रहन निर्देशन छ ।

समाचार पहिलो पटक प्रकाशित गर्ने वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी अधिकारी कुन विमान पठाउने भन्ने टुङ्गो लगाएका छैनन् । मुख्यत न्यारो–बडीयुक्त बोइङ ७३७ र वाइड–बडीयुक्त बोइङ ७६७ बीचमा विचार भइरहेको छन् ।

वाल स्ट्रिट जर्नलले आफ्नो समाचारका स्रोत व्यक्तिको भनाई उल्लेख गर्दै लेखेको छ ‘धेरै कुरा चिनियाँ अधिकारीले हामीलाई केमा अनुमति दिन्छन् भन्ने कुरामा भर पर्छ । तर बेइजिङ हालसम्म धेरै सहयोगी रहेको छुटाउनु हुँदैन ।’

वाणिज्यदुतावासमा नाम दर्ता भएर वुहानमा बसोबास गरिरहेका अमेरिकीलाई पनि सम्पर्क गरेर जहाजमा सिट प्रदान गरिदैंछ । वुहानमा हजार अमेरिकी बसोबास गरिरहेका छन् र अहिले तीमध्ये जो फर्कन चाहन्छन् तिनलाई अमेरिका लगिनेछ । जहाजमा कोरोनाभाइरस जाँचको लागि चिकित्सा सेवा पनि उपलब्ध हुनेछ ।

युएस सेन्टर अफ डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले शनिबार अमेरिकी सरकारसँग सहकार्य गरेर वुहानबाट अमेरिकी नागरिकको बहिगर्मनलार्य सघाउन लागेको बताए ।

रिपोर्ट अनुसार दक्षिण कोरिया र बेलायतले पनि तिनका कुटनीतिज्ञलाई वुहानबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छन् ।

कोरोनाभाइरसको तुलनामा प्राणघातक सन् २००३ मा फैलिएको सार्सको महामारीको समयमा कुटनीतिज्ञ बहिरगमन नगरिएकोमा अहिले किन भन्ने प्रश्नमा सअधिकारीले भने ‘हामीले सार्सबाट पाठ सिक्यौँ ।’

स्रोत : https://edition.cnn.com/2020/01/25/politics/coronavirus-us-evacuate-americans-china/index.html

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप