शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बायर्नको गोल वर्षा

आइतबार, १२ माघ २०७६, ०९ : ०५
आइतबार, १२ माघ २०७६

बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा साल्कोमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बायर्नले साल्केलाई ५–० गोलले हरायो ।

बायर्नको फराकिलो जितमा पाँच खेलाडीले गोल गरे । छैटौ मिनेटमा रोवर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको बायर्नका लागि थोमस मुलरले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गरे । तेस्रो गोल ५०औँ मिनेटमा लियोन गोरेट्ज्काले गरे । थियागो अलकान्तारले ५८औँ र सर्जी जिनाब्रीले ८९औँ मिनेटमा गोल गर्दै बार्यनलाई सजिलै जिताए ।

जितसँगै बायर्नले शीर्षस्थानमा रहेको आरबी लेइपजिजसँगको दुरी एकमा झारेको छ ।

शनिबार रातिनै भएको खेलमा शीर्ष टोली लेइपजिज फ्रान्कफर्टसँग २–० गोलले पराजित भयो । लेइपिजिजको हारले पनि बायर्नलाई थप फाइदा पुग्यो । जितसँगै दोस्रो स्थानमा रहेको बायर्नको १९ खेलबाट ३९ अङ्क छ । लेइपजिजको ४० अङ्क छ । बायर्नसँग हारेको साल्के ३३ अङ्कसहित पाँचौ स्थानमा छ । २४ अङ्क बनाएको फ्रान्कफर्ट नवौँ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप