शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चेल्सी र लेस्टर एफए कपको पाँचौ चरणमा

आइतबार, १२ माघ २०७६, ०९ : ०१
आइतबार, १२ माघ २०७६

चेल्सी र लेस्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसीप क्लब हल सिटीलाई २–१ गोलले हरायो । अर्को खेलमा लेस्टर सिटीले ब्रेन्टफोर्डलाई १–० गोलले पराजित गर्यो ।

हलसिटीको मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन मिची बात्सुयाई र फिकायो तोमोरीले गोल गरे । हल सिटीका लागि कामिल ग्रोसिकीले सान्त्वना गोल फर्काए । चेल्सीले छैटौँ मिनेटमा बात्सुयाईको गोलमा अग्रता लिएको थियो । त्यसपछि चेल्सीले ६४औं मिनेटमा अग्रता दोब्बर बनायो । रोस बार्कलेको फ्रिकिक पासमा फिकायो तोमोरीले उत्कृष्ट गोल गरेका थिए ।

घरेलु टोली हलसिटीले ७८औँ मिनेटमा सान्तवता गोल फर्काएको थियो । कामिल ग्रोसिकीले रिवान्ड प्रहारमा गोल गरेका थिए । त्यसपछि थप गोल नहुँदा चेल्सी विजयी भयो । अर्को खेलमा लेस्टरलाई जिताउन केलेची इहेनाचोले खेलको चौथो मिनेटमा गरेको गोल नै प्रयाप्त बन्यो ।

अन्य खेलमा नर्बिच सिटीले बर्नलीलाई २–१, सेफिल्ड वेनस्डेले क्युपिआरलाई २–१, सेफिल्ड युनाइटेडले मिलवानलाई २–०, पोर्ट्समाउथले ब्रान्सलाई ४–२ र वेस्टब्रुमवीचले वेस्टहामलाई १–० गोलले हरायो । नर्थह्याम्पटन र डर्वी, कोभेन्ट्री र बर्मिङघम तथा न्यु क्यासल युनाइटेड अक्सफोर्ड युनाइटेड गोल रहित बराबरीमा रोकिए । यसैगरी रिडिङ र कार्डिफ तथा साउथह्याम्पटन र टोट्टनहामले १–१ गोलको बारबरी खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप