केन्द्रीय संस्करण

बिमा कम्पनीले अटेर गर्दा हजारौं युवा विदेशमा प्रभावित

person explore access_timeमाघ १२, २०७६ chat_bubble_outline0

बिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी बिमा शुल्कलाई अनलाइन भुक्तानी प्रणालीमा लैजान अटेर गर्दा नियोगबाट दिन लागिएको पुनः श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । पुनः श्रम स्वीकृतिका लागि अनिवार्य मानिएको म्यादी बिमा शुल्क भुक्तानीलाई बिमा कम्पनीले अनलाइन कम्पनीमा लैजान अटेर गरेपछि श्रम स्वीकृति लिनकै लागि नेपाली युवा लाखौं खर्च गरेर स्वदेश फर्कन बाध्य भएका छन् ।

स्वदेशमा पनि अनलाइनबाटै बिमा शुल्क भुक्तानी सेवा सुचारु  गर्ने सरकारको योजनासमेत अलपत्र परेको छ ।  सरकारले करार अवधि थप भएका तर श्रम स्वीकृतिको म्याद सकिएका युवाको लागि विदेशस्थित नियोगबाटै पुनःश्रम स्वीकृतिको तयारी गरेको ६ महिनाभन्दा बढी भएपनि बिमाका कारण श्रम स्वीकृतिको काम रोकिएको छ ।

बिमा कम्पनीले सेवालाई अनलाइन प्रणालीमा अपग्रेड गर्न नसक्दा विदेशमा रहेका हजारौं युवा बिना श्रम स्वकृति विदेशमा काम गर्न बाध्य हुनुपरेको छ । यो समाचार आजको कारोबार दैनिकमा यादव  हुमागाईं र गोपाल संग्रौलाले लेखेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...