शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घुससहित इञ्जिनीयर पक्राउ

शनिबार, ११ माघ २०७६, २० : २८
शनिबार, ११ माघ २०७६

सिन्धुलीको घ्याङलेख गाउँपालिकाका एक जना इञ्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकामा कार्यरत इञ्जिनीयर दिलीपकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

गाउँपालिकाको विद्युत् विस्तार गर्ने क्रममा उपभोक्तासँग पैसा मागेपछि शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ । 

शुक्रबार बेलुका सिन्धुलीमाढीमा शाहले मागेको रकम लिने क्रममा स्टलबजार नजिक बिपी राजमार्गबाट शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका मधुकुमार थापाले जानकारी दिए ।

शाहले विद्युत् विस्तार गर्ने उपभोक्ता समितिसँग रु दुई लाख २६ हजार मागेकामा उपभोक्ता समितिबाट चेक र नगद लिँदै गर्दा पक्राउ परेका हुन् । उहाँको साथबाट कृषि विकास बैंकको रु ७० हजारको चेक, सिटिजन बंैकको रु एक लाख ६० हजारको चेक र स्रोत नखुलेको ३५ हजार रकमसहित पक्राउ गरिएको उनले जानकारी दिए ।

गाउँपालिकामा विद्युत् विस्तारका क्रममा लामो समयसम्म इञ्जिनीयर शाहका कारण उपभोक्ताले पैसा पाउन नसकेपछि अख्तियारमा उजुरीका आधारमा इञ्जिनीयर पक्राउ परेका हुन् । 

घ्याङ्लेक गाउँपालिकामा दुई वर्षदेखि शाह करारमा इञ्जिनीयरका रूपमा काम गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप