शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीका विषयमा कसैले दम्भ देखाउन आवश्यक छैन् : मुख्यमन्त्री पोखरेल

शनिबार, ११ माघ २०७६, १८ : ४४
शनिबार, ११ माघ २०७६

बुटवल । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी विषयमा कसैले दम्भ देखाउन आवश्यक नभएको बताएका छन् ।

प्रेस संगठन नेपाल, प्रदेश पाँचको प्रथम भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै भने, ‘मैले दाङ राजधानी हुनुपर्छ भनेर चुनाव लडे । पार्टी महासचिव विष्णु पौडेल पनि बुटवल राजधानी बनाउछु भनेर चुनाव लडनुभो । अब मेरो पनि कुनै निजी विचार छैन ।’

उनले थपे, ‘सहमतिकै आधारमा प्रदेशको राजधानी र नामाकरण टुंगो लगाउँछौं । पूर्व लुम्बिनी, राप्ती र भेरीको मनोविज्ञान त्यागेर साझा मनोविज्ञान बनाउन आवश्यक छ ।’

राजधानीको विषयले जोड्ने भएको भन्दै विभाजित गर्ने नभएको मुख्यमन्त्री पोखरेलको भनाई थियो । प्रदेशको चलिरहेको हिउँदे अधिवेशनमा यो विषयले टुङगो लाग्ने तयारी छ ।

फरक प्रसंगमा उनले कलमको माध्यामबाट समाज रुपान्तरणमा लागेका पत्रकारहरुले गम्भीर समीक्षा बिना समाचार लेख्न नहुने बताए ।

प्रेस संगठनमा आवद्ध पत्रकारहरु वर्तमान र भविष्यलाई जोड दिएर अगाडि बढन आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले औंलाए ।

केन्द्रका ‘विग मिडिया हाउस’को एजेण्डलाई मोफसलका पत्रकारहरुले बोक्नुपर्ने अवस्थाले गर्दा सरकारले गरेको राम्रा कामको पनि चर्चा हुन नसकेको उनले बताए । 

‘केन्द्रको टेवलमा बसेर समाचार खोज्न लगाउने ? अनि तपाईंले लेख्ने, भन्ने बेलामा स्वतन्त्र भने पनि नचाहिदो ढंगबाट गोटी बनिरहनुभएको छ,’ उनले भने ।

पोखरेलले राज्य विरूद्धका मनोविज्ञान परिवर्तन गर्न जरूरी रहेको बताए । ‘हामीले लामो समय देशलाई विद्रोही भनेर गुजारयौं ।’

राज्य विरुद्ध हिडेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतत्वको नेकपाको आन्दोलन सही नभएको मुख्यमन्त्रीको भ्न्ँय थियो । ‘हिजो गरिएको बिद्रोह र आज गरिने विद्रोहको परिस्थिति फरक छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप