शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भाइरसका संक्रमितको उपचार गर्न १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन

शनिबार, ११ माघ २०७६, ११ : १७
शनिबार, ११ माघ २०७६

कोरोनाभाइरसको उद्गमस्थल उहान सहरमा चीनले छोटो समयमै एक विशाल अस्पताल बनाउने लक्ष्यसहित काम सुरु गरेको छ । 

उहानको बाहिरी भागमा बनाउने लागिएको उक्त अस्पताल १००० शैयाको हुनेछ । अस्पताल फेब्रुअरी ३ सम्ममा पूर्ण रुपमा प्रयोग हुनेछ । 

चिनिया सरकारी मिडियाले उक्त अस्पतालको निर्माणमा संलग्न दजनौं क्रेन र अन्य निर्माण सामाग्रीको भिडियो र तस्विर बाहिर ल्याएका छन् । 

संचारमाध्यमका अनुसार यो संरचना २००३ को सार्स संकटको समयमा बेइजिङमा भएको प्रयासबाट प्रेरित छ । बेइजिङमा सार्सका विरामीलाई मात्र उपचार गराउनको लागि एक हप्तामै विशाल अस्पतात निर्माण गरिएको थियो । 

उहानमा सुरु भएको कोरोनाभाइरसको प्रकोपले विशाल रुप लिएपछि चीनले अहिले कडा कदम उठाएको छ । 

अधिकारी उहान र अन्य नौ सहरका सार्वजनिक यातायातमाथि प्रतिबन्ध लगाएको छ भने उहानका नागरिकलाई सकेसम्म घरबाट बाहिर ननिस्कन भनेको छ ।

त्यस्तै चीन अहिले वर्षकै सबैभन्दा ठूलो चाड अवधिमा रहिरहँदा उसले चाडका क्रममा मनाइने महत्वपूर्ण उत्सवलाई रद्द गरेको छ । 

सरकारले महामारी नियन्त्रणको लागि राजधानी बेइजिङका ठूलो जमघट समेत रद्द गरेको छ । 

त्यस्तै हङकङ तथा अधिकांश सहरले पनि नागरिकलाई सार्वजनिक स्थान पन्छाउन आह्वान गरेको छ । 

कोरोनाभाइरसका कारण हालसम्म ४१ मानिसको मृत्यु भइसकेको छ भने १२८७ मा कोरोनाभाइरस रहेको पुष्टि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप