शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिजिट नेपाल

शनिबार, ११ माघ २०७६, १० : ५४
शनिबार, ११ माघ २०७६

-दिल थापा     

ऋतुहरुले प्रकृतिको रङ प्रयोग गरेर 
मेरा देशका हिमालमा 
तराईका फाँट 
अनि हिमाल र तराईको 
न्यानो मायाँ पाएको पहाडहरुमा 
आँखा र मनलाई खुसी बनाउने दृश्य कुँदिरहन्छ । 
कलाकारले जस्तै 
लाग्छ मेरो देश 
एउटा खुला आर्ट ग्यालरी हो 
भौतिकवादी नसाले मन आत्तिएको भए । 
मनको कुनाबाट मेरो देशको 
प्राकृतिक मनोरम दृश्यलाई कल्पना गरेको भए  
भिजिट नेपाल ।

एकाबिहानै उदाएको कलिलो घामले 
सधैँ मेरो घरको बाटो भएर 
सगरमाथाको शिखर चुम्ने यात्रा गर्छ 
छिटो सूर्य उदाउने देशको अनुमति लिएर
मेरो घरको बाटो घमाइलो बनाउँछ ।
माछापुच्छ«े हिमाललाई 
फेवातालको मञ्चमा मञ्चन गराउँछ
हिमालका कथा सुन्न मन भए 
हिमालहरु जलवायु प्रदूषणसँग 
कसरी जुढिरहेको छ ? हेर्ने मन भए ।
घामले सधँै सगरमाथा चुमेको हेर्ने भए 
भिजिट नेपाल ।

विश्व मानचित्रमा सानो मेरो देश
तराईमा लहलह झुलेको 
धानको बालाको एउटा दानाजस्तै लाग्छ 
रारातालको एक थोपा पानीजस्तै पनि लाग्छ ।
अनि कहिले लाग्छ 
मेरी प्रियसीले पहाडको घुमाउने घरको 
साँघुरो आँगनमा रोपेको 
रङ्गीबिरङ्गी फूल जस्तै  
मेरो सानो देश 
बहुजातिको देश 
बहुभाषिक र बहुसंस्कृतिले 
सजिएको देश । 
भिन्न भिन्न पहिचानले चिनिएको देश 
नजिकबाट नियाल्न मन भए 
भिजिट नेपाल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप