शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेतालाई ग्रेटम्यान ठान्ने र नेताले यसम्यान खोज्ने प्रवृत्तिबाट बच्नुपर्छ: श्रेष्ठ

शुक्रबार, १० माघ २०७६, २२ : ४८
शुक्रबार, १० माघ २०७६

काठमाडौँ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीमा अन्धभक्तहरूको जमात होइन सिद्धान्तनिष्ठ नेता कार्यकर्ताहरूको लामबद्ध पंक्ति तयार हुनुपर्नेमा जोड दिएका छन् । शुक्रवार काठमाडौँको बोहराटारमा भएको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले कार्यकर्ताले नेतालाई ग्रेटम्यान ठान्ने र नेताले यसम्यान खोज्ने प्रवृत्ति गलत भएको बताउँदै पार्टी संस्थागत परिपाटी, विधान र पद्धतिअनुरूप चल्नुपर्ने बताए । उनले साधा जीवन र कठोर परिश्रमको समाजवादी संस्कृतिको विकास गर्न नेताहरूले आफूलाई महान ठान्ने पुँजीवादी प्रवृत्ति त्यागेर जनताको सेवक ठान्नुपर्ने र कार्यकर्ताहरूले जनतासँग एकाकार भएर अगाडी बढ्नुपर्ने बताए । उनले पार्टीलाई जनआधारित कार्यकर्ता पार्टी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसद श्रेष्ठले देशमा भ्रष्टाचार र कमिशनतन्त्र मौलाएकोले विकासमा पछि परेको बताउँदै ओली सरकारको कृयाकलाप पञ्चायतको नयाँ संस्करण जस्तो भएको आरोप लगाए । उनले भिजिट नेपाल २०२० देशलाई परिचित गराउन महत्त्वपूर्ण कार्यक्रम भए पनि नेपालमा पर्यटकहरू किन आउँछन् त्यसलाई सरकारले ठम्याउन नसकेको बताए । 

नेता श्रेष्ठले संघीयतामा देश जानुको मुख्य कारण नेपालको विविधतालाई सम्बोधन गरी राष्ट्रिय एकता मजबुत गर्नका लागि भएको बताउँदै नेकपाले जय पराजयको इतिहास कोट्याएर देशमा विभाजनको रेखा कोर्न खोजेको आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप