भारतको ७१ औं गणतन्त्र दिवसको प्रमुख अतिथि बोल्सोनारो
एजेन्सी । ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारो राजकीय भ्रमणका लागि शुक्रबार भारत आइपुगेका छन् । भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुगेका बोल्सोनारोले भारतको चार दिने भ्रमण गर्ने भएका छन् ।
उनको मुख्य कार्यक्रम भने जनवरी २६ तारिखमा हुने भएको छ । भारतको गणतन्त्र दिवस परेडमा उनले प्रमुख अतिथिका रूपमा सहभागीता जनाउनुहुने भएको छ ।
भारतले यस बर्ष ७१औँ गणतन्त्र दिवस मनाउन लागेको छ । दिवसका अवसरमा कला र सांस्कृतिको प्रदर्शन, रीतिरिवाजसम्वन्धी कार्यक्रम, विज्ञान प्रविधिसम्वन्धी प्रदर्शनी, सैनिकहरुको प्रस्तुतिलगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ भने विशेष समारोहको प्रमुख अतिथिका रूपमा बोल्सोनारोलाई निमन्त्रणा गरिएको हो ।
ब्राजिलका राष्ट्रपति बोल्सोनारोले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतलाई भेट्ने कार्यक्रम पनि रहेको जनाइएको छ । उहाँहरूबीचमा केही दुई पक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने कार्यक्रम समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन