शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माघ १५ र १६ गते नेपकम्स अन्तरकलेज फुटसल प्रतियोगिता, ३२ टिम सहभागी हुने

शुक्रबार, १० माघ २०७६, २१ : ४९
शुक्रबार, १० माघ २०७६

काठमाडौं । आगामी बुधबार र बिहीबार नेपकम्स अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । बालुवाटारस्थित ढुकु फुटसल हबमा प्लान अन परफेक्सनले आयोजना गर्ने प्रतियोगितामा देशभरका ३२ वटा कलेजले सहभागिता जनाउने बताइएको छ ।

मुख्य प्रायोजक नेपकम्स सर्भिसेज रहेको प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागिता जनाउनेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ, जसअनुसार प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार हरेक खेल २० मिनेटको हुनेछ र हरेक टिमले समूह चरणमा कम्तिमा ३ खेल खेल्नेछन् ।

दुईदिने यो प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफि, मेडल र सर्टिफिकेट, दोस्रो हुनेले नगद २० हजार रुपैयाँसहित ट्रफि, मेडल र सर्टिफिकेट र तेस्रो हुनेले नगद  १० हजार रुपैयाँ  प्राप्त गर्नेछन् । यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप