मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सन्तोषको गोलमा च्यासल विजयी

शुक्रबार, १० माघ २०७६, १८ : ३५
शुक्रबार, १० माघ २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाईज क्लबलाई हराएको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेडलाई १–० गोलले हरायो । च्यासलको जितमा कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरे । 

सन्तोषले इन्जुरी समयमा गोलगर्दै च्यासललाई महत्वपूर्ण तीन अंक दिलाए । डिबक्सभित्र ब्रिगेडका रक्षकको कमजोरीका सन्तोषले उत्कृष्ट गोल गरेका थिए । च्यासलले दोस्रो हाफका थप गोलको अवसर गुमाएको थियो । पहिलो हाफका औसत प्रदर्शन गरेको ब्रिगेड दोस्रो हाफका कमजोर देखियो । 

च्यासलका जापानी खेलाडी नाकामुरा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै च्यासल आठौं स्थानमा उक्लिएको छ । च्यालले आठ खेलबाट नौ अंक बनाएको छ । समान खेलबाट आठ अंक बनाएको ब्रिगेड १० औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप