शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक परिचालनमा नयाँ मोडालिटीः परीक्षा दिँदै ट्राफिक प्रहरी

शुक्रबार, १० माघ २०७६, १८ : १६
शुक्रबार, १० माघ २०७६

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको काम कारबाहीलाई मुल्याङ्कन गर्ने नयाँ परिपाटीको थालनी गरेको छ । ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही तथा गतिविधिलाई मध्यनजर गर्दै सो परिपाटीको सुरुवात गरिएको हो ।  

ट्राफिक प्रहहरीले गर्ने दैनिक काम कारबाही तथा गतिविधिलाई बिभिन्न चार खण्डमा बिभाजन गरि ४०० पुर्णाङ्कका ५० प्रश्न तयार गरि मुल्याङ्कनको आधार बनाएइको छ । जसमध्ये कार्यालय ब्यवस्थापन, प्रहरी आचरण ब्यवहार एवं अनुशासन बापत २५ अंक, ट्राफिक ब्यवस्थापन एवं दुर्घटना न्युनिकरण बापत २०० अंक, सवारी चोरी एवं सवारी दुर्घटना सम्बन्धी अनुसन्धानमा ६० अंक र सिर्जनशिल एवं उपलव्धिमुलक कार्य सम्पादन गरेबापत ११५ अंकमा बिभाजन गरिएको छ ।

त्यस्तै ट्राफिक प्रहरी महाशाखाले सम्पुर्ण इकाइसँग अन्तर इकाइ कार्य सम्पादन परीक्षाको करार सम्झौता गरि ३–३ महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गर्ने व्यवस्थाको शुरुवात गरेको छ । आफ्ना हरेक काम कारबाहीको बस्तुनिष्ठ आधारमा बास्तबिक मुल्याङ्क गरी व्यबसायिकता, स्तरियता एव कार्य सम्पादनमा प्रभाबकारीता ल्याउने उद्धेश्यका साथ सो व्यवस्थाको सुरुवात गरेको हो । 

यो सम्झौताले ट्राफिक प्रहरीलाई कामको प्रतिष्पर्धात्मक भावना बोकेर आफ्नो व्यवसायिक उत्तरदायित्व बहन गर्न सक्ने क्षमताको विकास गर्दै कार्य सम्पादनको स्तरलाई अझै प्रभावकारी, पारदर्शी एव जवाफदेही बनाउन महत्वपुर्ण भूमिका खेल्ने महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

उनले भने, ‘ट्राफिक प्रहरी कर्मचारीले गरेका हरेक गतिविधि र प्रत्येक काम कारबाही बापत त्यसको मूल्य तोकी नम्बर दिने परिपाटीको थालनी गरि पुरस्कृत गर्नाले कामको बास्तविक लेखाजोखा हुन्छ ।’ यसबाट प्रतिस्पर्धाको भावनामा बृद्धि भई काम गर्न थप हौसला प्रदान हुने र समग्र ट्राफिक व्यबस्थापनमा सुधार हुने बिश्वास उनले ब्यक्त गरे ।

अन्तर इकाइ कार्य सम्पादन परीक्षा २०७६ मा कार्यालयको उचित व्यबस्थापन गर्दै नागरिकमैत्री व्यबहार, भ्रष्टाचारमा शून्य सहनशिलता र  सडकमा हुने ट्राफिक व्यबस्थापनमा हुने प्रत्येक सकारात्मक कार्यमा नम्बर दिने व्यबस्था मिलाइएको छ ।

त्यस्तै, ट्राफिक नियम र सडक सुरक्षा सम्बन्धी सचेतनाका कक्षाहरु सञ्चालन गरेमा, अन्य निकायहरुसँग समन्वय गरी ट्राफिक लाईट, सिसिटिभी, ट्राफिक संकेत थप गरेमा, सडक फुटपाथ अतिक्रमण हटाउने, लेन मार्किङ गराउने, पैदल यात्रीको सुरक्षा लगायतका सडक सुधारका कार्यहरु गरेमा प्रत्येक सुधारमा पनि नम्बरिङ्गको व्यबस्था गरिएको छ । 

 ४०० पुर्णाङ्कको यस प्रतियोगितामा ८० भन्दा माथि ल्याउने बिशिष्ट श्रेणी, ६५.७९ ल्याउनेलाई प्रथम श्रेणी, ५५.६४ ल्याउनेलाई द्वितीय श्रेणी, ४५.५४ ल्याउनेलाई तृतीय श्रेणी तोकिएको छ । बिशिष्ट श्रेणीलाई बढुवामा सहयोग हुने गरी पुरस्कृत गरिने, प्रथम श्रेणी ल्याउनेलाई प्रशंसा पत्र दिइने, दोस्रो हुनेलाई सान्त्वना र तृतीय हुनेलाई थप सुधारको लागी सचेत गराइने तर भ्रष्टाचार गरेमा, आर्थिक अनियमितता वा त्यस्तै प्रकारको गल्ती गरेमा बिभागीय कारबाहीका अतिरिक्त प्राप्त भएको अंकमा २० अंकसम्म घटाइने व्यबस्था पनि गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप