२५ हजार घुससहित काठमाडौँको कुलेश्वरबाट २ जना पक्राउ
शुक्रबार, १० माघ २०७६, १६ : ०३
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कुलेश्वर, काठमाडौ विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीसहित दुई जना २५ हजार घुससहित पक्राउ परेका छन् ।
बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई पक्राउ गरेको हो ।
उनीहरुलाई घुस रकम लिँदै गर्दाको अवस्थामा कुलेश्वरस्थित गुडफुड तन्दुरी अगाडीबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा