केन्द्रीय संस्करण

समाजवादी विद्यार्थी युनियनले बोलायो केन्द्रीय समिति बैठक

person explore access_timeमाघ १०, २०७६ chat_bubble_outline0

काठमाडौं । समाजवादी विद्यार्थी युनियनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका लागि  केन्द्रीय समितिको बैठक बोलाएको छ । सो संगठनले माघ १४ र १५ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाएको हो । बैठकमा स्ववियु निर्वाचनको तयारी, एजेण्डा निर्माण र केन्द्रीय समितिका सदस्यको कार्यविभाजन गरिने अध्यक्ष रूपनारायण श्रेष्ठले जानकारी दिए । 

‘स्ववियुको चुनावको तयारी, त्यसको एजेण्डा निर्माण र केन्द्रीय समिति सदस्यको कार्य विभाजन गर्न बैठक बोलाएका हौँ,’ अध्यक्षले भने । उनले विद्यार्थी युनियनको केन्द्रीय समिती समायोजको काम सकिएको जानकारी दिँदै प्रदेशको समायोजन स्ववियु निर्वाचनपछि सम्पन्न गर्ने जानकारी दिए । त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन मिति १४ फागुनलाई तोकेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...