दीपक मनाङेमाथि २ दिनको म्याद थप
गण्डकी प्रदेशसभा (सांसद) सदस्य दीपक मनाङेमाथि थप अनुसन्धान गर्न २ दिनको म्याद थप भएको छ ।
नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको अभियोगमा सांसद मनाङेलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।
गुरुङलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट २ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए ।
मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ ।
मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन् । पत्रकार सम्मेलनमा उनले मिलन भ्रष्टाचार र ठगीमा संलग्न रहेको भन्दै उनले फूलमाला लगाएर नहुने र झापडमै हान्नुपर्ने बताएका थिए ।
यसैबीच ठगी मुद्दामा प्रहरीले मिलन गुरुङलाई पनि पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा