बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ ‘दि कर्मा’ को ‘साना साना सपना’ गीत

शुक्रबार, १० माघ २०७६, १४ : ४७
शुक्रबार, १० माघ २०७६

काठमाडौं । अर्काे शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘दि कर्मा’को नयाँ गीत ‘साना साना सपना’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर, मानस विक्रम थापा र अंकित बाबु अधिकारीको संगीत छ । गीतमा शब्द मानस बिक्रम थापाले कोरेका हुन् । 

गीतमा फिल्मका मुख्य कलाकार जयराज राय र संगीता नापितको रोमान्स समेटिएको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो । फिल्मको कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् ।

रायलाई फिल्म निर्माणमा श्रीदेव बि.एल. र निशा खतिवडाले सघाएका छन् ।  तराई क्षेत्रमा छायाँकन भएको फिल्ममा जय र संगीतासँगै परमिता आर.एल. राणा, करण वर्मा, निता ढुंगाना, बुद्दि तामाङ, अनुप सक्सेना लगायतका कलाकारको अभिनय रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप