हास्य सम्राट भैरव अर्यालको सालिक व्यवस्थित गर्न माग
काठमाडौं । हास्यव्यङ्ग्यकार तथा यशस्वी साधक भैरव अर्यालको जोरपाटी चोकमा रहेको सालिक र उद्यान सडक बिस्तार गर्दा भत्काएर माटोले पुरिएकामा भैरव पुरस्कार गुठीले आपत्ति जनाएको छ । विसं २०४६ मा स्थापना भएको गुठीकै अग्रसरतामा तत्कालीन जोरपाटी गाउँ विकास समितिको सहयोगमा जोरपाटी चोकको खाली जग्गामा उद्यान र सालिक निर्माण गरिएको थियो ।
गाउँ परिषद्को निर्णयअनुसार बनाइएको संरचना भत्काउँदा सालिकमा समेत असर गरेकाले त्यसको संरक्षणका लागि बिहीबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई ध्यानाकर्षण गराइएको गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।
तत्कालीन गाविसले बगैँचामा मालीको समेत व्यवस्था गरेको थियो । त्यो व्यवस्थासमेत हटाइँदा बगैँचा फस्टाउन सकेको छैन । कङ्क्रिटको जङ्गलले भरिएको जोरपाटीको बीचमा रहेको बगैँचाले वातावरणीय सन्तुलनमा सहयोग गर्ने भए पनि यसको संरक्षणमा नगरपालिकाको ध्यान जान नसकेको गुठीले जनाएको छ । गुठीको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै नगर प्रमुख चालिसेले बगैँचा र सालिक संरक्षणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नगरपालिकाले गुठीलाई संरक्षणको जिम्मेवारी दिए आफ्नै खर्चमा समेत काम गर्न तयार रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । अर्यालको स्मृतिलाई चिरकालसम्म जीवन्त राख्न र भावी पुस्तालाई उत्साहको अजस्र स्रोतका रुपमा स्थापित गर्न पनि उनको सालिकलाई नमूनाका रुपमा दिगो बनाइराख्नुपर्ने गुठीको माग छ । गुठीले अर्यालले लेख्नुभएका पुस्तकको प्रकाशन, हास्यव्यङ्ग्य क्षेत्रमा कलम चलाउने साहित्यकारलाई सम्मानलगायत साहित्यिक गतिविधि गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव
-
नेपाललाई दोस्रो सफलता
-
चोभारको डढेलो निभाउन गएको दमकल दुर्घटनाग्रस्त, तस्बिरहरू
-
ऐरीले जोगाउँदा नेपालद्वारा १ सय ४० रनको लक्ष्य प्रस्तुत