केन्द्रीय संस्करण
अन्तरवार्ता

‘मर्जरभन्दा पुँजी सङ्कलन ठूलो विषय हो’

कुमारी बैङ्कका डेपुटी सीईओ राजिव गिरीसँगको अन्तर्वार्ता

person explore access_timeमाघ १०, २०७६ chat_bubble_outline0

काठमाडौँ । आर्थिक सूचकाङ्कको प्रमुख आधार बैङ्किङ क्षेत्र । लगानी, उत्पादन र प्रतिफलको आधारमा मुलुकको अर्थतन्त्रको हिसाबकिताब हुने गर्छ । यसमा बैङ्क तथा वित्तीय क्षेत्र अग्रपङ्क्तिमा आउँछन् । राष्ट्रिय उत्पादनमा मुलुकको अर्थतन्त्रको सकारात्म र नकारात्मक पक्ष यिनै क्षेत्रको क्रियाकलापबाट प्रभावित हुन्छन् र यिनै क्षेत्रको लेखाजोखा गरिन्छ । अहिले यही क्षेत्रको चर्चा उत्कर्षमा छ ।

केही समयअघि मात्र बैङ्क तथा वित्तीय क्षेत्रको पुँजी अभावमा आवश्यक आयोजना परियोजनामा लगानी बढाउन सकिएन । बैङ्कहरु कमजोर भए भनियो । पुँजी सङ्कलनका लागि बैङ्क तथा वित्तीय संस्थानहरुमा मर्जरको नीति पनि लिगियो । राष्ट्र बैङ्कले बैङ्कहरुलाई मर्जरका लागि निर्देशन जारी गर्‍यो । राष्ट्र बैङ्कको आदेश शिरोपर गर्दै केही बैङ्क मर्जरमा गए, केही जाँदै छन् र कति जान तयार भएका छैनन् । राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार मर्जरकै कारण अहिले बजारमा १८७ वित्तीय संस्थान घटेर जम्मा ४७ वटामा झरेका छन् । यसले वित्तीय क्षेत्रमा छरिएको पुँजी एकीकृत त गरायो तर लगानी पाएन । अहिले यही समस्या बैङ्किङ क्षेत्रले फेस गर्दैछ । त्यसमा पनि अधिक कर्जा प्रवाह हुने घर तथा सवारी कर्जामा सरकारले कडाइ गरिदिए पनि बैङ्कहरुको लगानी खुम्चिएको छ । यस्तो अवस्थामा अहिले बैङ्कहरुले के गरिरहेका छन् त ? यसै विषयमा हामी बैङ्किङ क्षेत्रमा लामो अनुभव हासिल गरिसकेका कुमारी बैङ्कका डेपुटी सीईओ राजिव गिरीसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले लिएको यो अर्थ वार्ता :

कुमारी बैङ्कले ‘केबीएल डिभेन्चर २०८६’ ल्याएको छ । यो कस्तो खालको लगानी योजना हो ?

कुमारी बैङ्कले १० वर्षे डिभेन्चर योजना ल्याएको छ । केबीएल डिभेन्चर २०८६ नामक यो योजना सर्वसाधारण लगानीकर्ता तथा निजी सङ्घ संस्थाहरुका लागि हो । यो योजनामा जोकोही पनि सहभागी हुन पाउँछन् । यो योजनाअन्तर्गत बैङ्कले आकर्षक प्र्रतिफल दिन्छ । केबीएल डिभेन्चरमा लगानीकर्ताले वार्षिक १० दशमलव २५ प्रतिशतको ब्याज प्राप्त गर्न सक्छन् । तर ब्याजको भुक्तानी भने बैङ्कले अर्धवार्षिक रूपमा उपलब्ध गराउने छ ।

तीन अर्ब बराबरको केबीएल डिभेन्चरको प्रतिकित्ता (एकाइ) मूल्य एक हजार रुपैयाँ छ । एक व्यक्तिले न्यूनतम २५ कित्ता खरिद गर्नुपर्ने छ भने, बढीमा १२ लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । एक महिनाका लागि खुल्ला गरिएको केबीएल डिभेन्चर २०८६ (ऋणपत्र) को समयावधि आउँदो माघ १४ गते सकिँदैछ । सो दिनसम्ममा इच्छुक लगानीकर्ता तथा सङ्घ संस्थाहरुले आवेदन दिन सक्ने छन् । बैङ्कले गत पुस १४ गतेबाट केबीएल डिभेन्जर २०८६ निष्काशन गरेको छ ।


जहाँसम्म बिग मर्जरको कुरा छ, बैङ्कहरु आफैले नै अनुभव गर्नुपर्ने कुरा हो । अहिलेको प्रतिस्पर्धी पुँजी बजारमा प्रतिस्पर्धा गर्नका लागि पनि पुँजी वृद्धि गर्नुपर्ने हुन्छ । जहाँ जो कमजोर हुन्छ त्यो पलायन हुने अवस्था छ । अहिलेकै अवस्थामा पनि विकास बैङ्कहरु करिब करिब सक्किसकेको अवस्था छ ।


कुल निष्काशित ३ अर्ब बराबरको डिभेन्चरमा ३० लाख एकाइमध्ये सर्वसाधारणका लागि कति छ र सङ्घ–सस्थानहरुका लागि कति हो ?

बैङ्कले निष्काशित गरेको कुल ३ अर्बमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गरिएको हो भने, बाँकी रहेको १ अर्ब ८० करोडको ऋणपत्र प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री खुल्ला गरिएको हो । जसमा हजार बराबर एक एकाइ मान्दा १२ लाख एकाइ सर्वसाधारणमा जानेछ भने, बाँकी १८ लाख एकाइ निजी सङ्घसंस्था तथा फर्महरुले पाउने छन् ।

लगानी गरेर राम्रो प्रतिफल खोज्नेहरुका लागि यो सुवर्ण अवसरका हो । कुमारी बैङ्कले १० वर्षे डिभेन्चर योजनामा अहिलेसम्मकै आकर्षक ब्याज दिएको छ । जुन १०.२५ प्रतिशतको डिभेन्चर ब्याजर अहिलेसम्मका कुनै पनि बैङ्कले दिन सकेको छैन । यो मानेमा कुमारी बैङ्कले लगानीमैत्री डिभेन्चर योजना ल्याएको छ । अझ लगानीकर्ताहरुको फाइदाका लागि बैङ्कले यो ऋणपत्र अन्य बैङ्क तथा वित्तीय संस्थानहरुमा धितोको रूपमा राख्न पाउने व्यवस्थासमेत गरेको छ ।


वित्तीय क्षेत्रमा तरलता अभाव मुख्य चुनौतीको विषय हो । तर गत वर्षहरूमा जस्तो यस वर्ष छैन । विगत ३, ४ वर्षदेखि हामीले वित्तीय तरलता अभाव फेस गर्दै आइरहेका थियौँ । तर गत वर्षहरूमा जस्तो यस वर्ष खासै समस्या छैन । गत वर्षहरूमा आर्थिक वर्ष सुरु हुनासाथ बजारमा तलरता अभावको समस्या देखिन्थ्यो ।


पछिल्लो समय बैङ्कहरुले परिचालित पुँजी वृद्धि गर्नकै लागि डिभेन्चर योजनाहरु अघि सारेका छन् । के यसो भन्न मिल्छ ?

वास्तवमा डिभेन्चर समकालीन पुँजी सङ्कलनका लागि नै निष्काशित गरिने योजना हो । तर यो बैङ्कको कोर पुँजीमा नभएर सपोर्ट पुँजीका रूपमा रहने गर्छ । अहिलेको बैङ्क तथा वित्तीय संस्थाहरुको पुँजी वृद्धिको प्रमुख चुनौतीमा डिभेन्चरले केही सहयोग भने पुर्‍याउने गर्छ । कम्पनीको कोर पुँजीमा भन्दा यसमा केही सहजता रहन्छ । तर लगानीकर्ताहरुलाई भने कुनै रिक्स रहँदैन । तोकिएको ब्याजदर पाउँछन् र समयसीमापश्चात एक मुष्ट रकम पनि प्राप्त गर्छन् । यसलाई यसरी बुझौँ केही समयसम्मका लागि लगानी गर्ने र राम्रो प्रतिफल प्राप्त गर्न चाहनेहरुका लागि बैङ्कले जारी गरेको ऋणपत्र हो । जुन बैङ्कमा मुद्दती खातामा जम्मा गरेको भन्दा राम्रो ब्याज पाइन्छ ।

पछिल्लो समय वित्तीय क्षेत्रमा पुँजी वृद्धि, पुँजी वृद्धि भनिराखिएको छ । राष्ट्र बैङ्कले बैङ्कहरुको पुँजी वृद्धिकै लागि भनेर मर्जर नीति लिएको छ । त्यो पनि बिग मर्जर । यसमा तपाईंहरुको भनाइ के छ ?

राष्ट्र बैङ्कले जुन नीति लिएको छ र बैङ्कहरुलाई निर्देशन गरेको छ, त्यो गलत होइन । वित्तीय क्षेत्रमा अहिलेको आवश्यकता पुँजी सङ्कलनकै हो । अहिले देश तीव्र आर्थिक वृद्धि र संमृद्धिको पथमा छ । विकास, निर्माण तथा ठूला आयोजनामा लगानीको अभाव छ । यस्तो अवस्थामा बैङ्कहरुले पुँजी परिचालन गर्नुपर्ने बेला आएको छ । तर बैङ्कहरुसँग सीमित पुँजी छ । ठूलाठूला आयोजनामा एक्लैले लगानी गर्ने अवस्था छैन । त्यसैले पनि अहिले बैङ्कहरुले पुँजी वृद्धि गर्नुपरेको छ ।

जहाँसम्म बिग मर्जरको कुरा छ, बैङ्कहरु आफैले नै अनुभव गर्नुपर्ने कुरा हो । अहिलेको प्रतिस्पर्धी पुँजी बजारमा प्रतिस्पर्धा गर्नका लागि पनि पुँजी वृद्धि गर्नुपर्ने हुन्छ । जहाँ जो कमजोर हुन्छ त्यो पलायन हुने अवस्था छ । अहिलेकै अवस्थामा पनि विकास बैङ्कहरु करिब करिब सक्किसकेको अवस्था छ । अब हामीसँग केही मात्र विकास बैङ्कहरु छन् । जहाँसम्म कमर्सियल बैङ्कहरु बीचकै मर्जरको विषय छ, त्यो मिले राम्रो हो । तर यसो भन्दैमा ठूलाठूलामा मात्र मर्जर गर्नुपर्ने भन्ने छैन । साना तथा मध्यम वर्गका ‘ख’, ‘ग’ वर्गका विकास बैङ्क तथा लघु बैङ्कहरुलाई समेत मिलाएर जान सकिन्छ । यसले पनि ठूलो पुँजी सङ्कलन गर्न सकिन्छ । जुन कुमारी बैङ्कले अहिले गरिरहेको छ । मर्जरसँग भन्दा पनि पुँजी वृद्धिको कुरा भएकाले हामीले त्यतातिर ध्यान दिएका छौँ ।

कुमारी बैङ्कले देव विकास बैङ्कसँग मर्जरको हात बढाएको छ । के बिग मर्जरका लागि उपुक्त पार्टनर नपाएर हो ?

मैले अघि पनि भने, मर्जरको विषय ठूलो कुरा होइन । पुँजी सङ्कलनको विषय ठूलो हो । त्यसैले हामीले पुँजी सङ्कलनमा बिग मर्जर नै हुनुपर्छ भन्ने मान्यता राखेनौँ । अहिले नै कुमारी बैङ्कको चुक्ता पुँजी ९ अर्ब ५६ करोड बराबर छ । हामीसँग ७८ अर्बभन्दा बढी निक्षेप सङ्कलन रहेको छ भने, ७७ अर्ब बढीको कर्जा प्रवाह गरेका छौँ । अहिले कुमारी बैङ्क र देव विकास बैङ्कबीचमा एक्युजिसनको प्रक्रिया अघि बढेको छ । कुमारी बैङ्कले देव विकास बैङ्क पाएपछि झण्डै साढे १२ अर्बको चुक्ता पुँजी पुग्ने छ भने निक्षेप १ खर्ब २० अर्ब र कर्जा प्रवाह १ खर्ब ५ अर्बभन्दा माथि पुग्ने छ । यो पुँजी सानो पुँजी होइन । हाम्रो साखा सञ्जालहरु पनि दुई सय भन्दा माथि पुग्ने छ भने कर्मचारी सङ्ख्या एक हजार ८ सयमाथि पुग्ने छ । यसले हाम्रो सेवा तथा सुविधा अझ माथि जाने हाम्रो विश्वास छ । कतिपय स्थानमा हाम्रो शाखा नभएको ठाउँमा देवको छ र देवको नभएकोमा हाम्रो छ । यसले बजार व्यवस्थापनमा थप सहजता मिल्ने छ । अबको केही समयपछि नै हामी एकीकृत कारोबार सञ्चालन गर्दैैछौँ । अहिले गृहकार्य भइरहेको छ ।

बैङ्किङ क्षेत्रमा आर्थिक तरलता (लगानीयोग्य रकम) अभावको विषय खुब उठ्ने गथ्र्यो । तर यस पटक कर्जा प्रवाह नै भएन । कर्जाका लागि माग नै आएन भनिराखिएको छ । वास्तविकता के हो ? किन यस्तो हुँदै छ ?

वित्तीय क्षेत्रमा तरलता अभाव मुख्य चुनौतीको विषय हो । तर गत वर्षहरूमा जस्तो यस वर्ष छैन । विगत ३, ४ वर्षदेखि हामीले वित्तीय तरलता अभाव फेस गर्दै आइरहेका थियौँ । तर गत वर्षहरूमा जस्तो यस वर्ष खासै समस्या छैन । गत वर्षहरूमा आर्थिक वर्ष सुरु हुनासाथ बजारमा तलरता अभावको समस्या देखिन्थ्यो । बैङ्कहरुले महँगोमा निक्षेप उठाउन तँछाडमछाड गर्थे । तर अहिले त्यस्तो अवस्था छैन । अहिले बैङ्कहरुसँग निक्षेप छ तर लगानी भइरहेको छैन ।

पहिलो कुरा त राष्ट्र बैङ्कले होम लोन र अटो लोनमा कडाइ गरेपछि कर्जाको माग घटेको छ । झण्डै २०, २५ प्रतिशतले यस्तो कर्जाको माग घटेको छ । अर्कोतर्फ भूकम्प पछिको पुनर्निर्माणको गति सुस्ताउँदा कर्जा माग घटेको छ । सिमेन्ट, छड, लगायतका उद्योगहरुको वृद्धि विकास एवं विस्तारमा कमी आएको छ । जसले कर्जाको माग घटेको छ ।

अर्कोतर्फ समग्र देशकै आर्थिक सूचक सकारात्म देखिएको छ । तुलनात्मक रूपमा हेर्दा गत वर्षभन्दा यो वर्ष मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिन्छ । राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार नै चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा देशको शोधानान्तर स्थिति २३ अर्ब ३० करोडको बचत छ । गत वर्ष सोही अवधिमा शोधानान्तर घाटा ११९ अर्ब ३३ करोड रहेको थियो ।


राष्ट्र बैङ्कको तथ्याङ्क हेर्दा बैङ्किङ क्षेत्रमा निक्षेपको तुलनामा कर्जा माग कम भएको छ । आ.व. २०७६/७७ को पाँच महिनाको तथ्याङ्कलाई हेर्दा बैङ्कहरुको निक्षेप वृद्धिदर १५.६ प्रतिशत रहेको छ भने, कर्जाको वृद्धिदर १५ प्रतिशत रहेको छ । यो तथ्याङ्कलाई हेर्दा निक्षेप भन्दा कर्जा प्रवाह ०.६ प्रतिशतले कमी देखिन्छ । यसले बजारमा तरलता आएको देखिन्छ ।


त्यस्तै, विप्रेषण समेत करिब एक प्रतिशतले बढेको अवस्था छ । यसले समेत कर्जा मागमा कमी आएको छ ।

बैङ्कहरूको निक्षेप अवस्था के छ ? कर्जाको माग अनुरूप निक्षेप सङ्कलन भइरहेको अवस्था हो कि होइन ?

राष्ट्र बैङ्कको तथ्याङ्क हेर्दा बैङ्किङ क्षेत्रमा निक्षेपको तुलनामा कर्जा माग कम भएको छ । आ.व. २०७६/७७ को पाँच महिनाको तथ्याङ्कलाई हेर्दा बैङ्कहरुको निक्षेप वृद्धिदर १५.६ प्रतिशत रहेको छ भने, कर्जाको वृद्धिदर १५ प्रतिशत रहेको छ । यो तथ्याङ्कलाई हेर्दा निक्षेप भन्दा कर्जा प्रवाह ०.६ प्रतिशतले कमी देखिन्छ । यसले बजारमा तरलता आएको देखिन्छ ।

कुमारी बैङ्कको लगानीको अवस्था के छ ? राष्ट्र बैङ्कले तोकिदिएको मापदण्डअनुसार लगानी भएको छ कि छैन । ४.४ को स्प्रेडदर पालना भएको छ ?

उत्पादनशील क्षेत्र वा प्राथमिकताका क्षेत्रमा कम्तीमा २५ प्रतिशतको लगानी गर्नुपर्ने राष्ट्र बैङ्कको नीति हो । यसमा नियमक निकाय राष्ट्र बैङ्कको निर्देशन हामीले पालना गरेर अघि बढेका छौँ । हामीले उत्पादनशील क्षेत्रमा राष्ट्र बैङ्कले निर्देशन गरेअनुसार नै लगानी गरिरहेका छौँ । राष्ट्र बैङ्कको पछिल्लो निर्देशनअनुसार हामीले कृषि क्षेत्रमा ५ सय जनालाई कर्जा प्रवाह गर्नुपर्ने छ  । जस्तो पहिले कृषि र ऊर्जा गरेर कम्तीमा १५ प्रतिशत लगानी गर्नुपर्ने नीति थियो । पछि त्यसमा परिमार्जन गर्दै कृषिमा अनिवार्य १० प्रतिशत र ऊर्जा र पर्यटन गरेर १५ प्रतिशत लगानी गर्नुपर्ने राष्ट्र बैङ्कको प्रवधान रहेको छ । यसमा पनि हाम्रो १६, साढे १६ प्रतिशतको लगानी प्रतिबद्धता छ ।

त्यस्तै साना तथा लघु घरेलु उद्योगहरुलाई समेत कर्जा प्रवाह भइरहेको छ । विशेषगरी विद्यार्थी तथा शैक्षिक कर्जाका लागि कुमारी बैङ्क परिचित छ । त्यसैले हामीले शैक्षिक कर्जासमेत प्रदान गर्दै आएका छौँ । अर्कोमा सुलभ कर्जाको कुरा आउँछ । राष्ट्र बैङ्कले निर्देशन गरेबमोजिम नै कुमारी बैङ्कले यस्ता कर्जा प्रवाह गरिरहेको छ । जहाँसम्म निक्षेप र कर्जाबीचको स्पे्रडदर हो त्यो पनि हामी (कुमारी बैङ्क)ले परिपालना गरेका छौँ । अहिलेको समयमा बैङ्कहरुको स्प्रेडदर कायमको आधार भने केही अस्वाभाविक भएकाले यसको परिमार्जनको माग उठिरहेको छ । यसमा हामीले पनि राष्ट्र बैङ्कबाट केही परिमार्जित हुनुपर्ने माग गरेका छौँ ।

गिरी करिब ३ दशक यसै बैङ्किङ क्षेत्रमा काम गरेका व्यक्तित्व हुन् । सन् १९८९ बाट बैङ्किङ यात्रा सुरु गरेका उनी हालसम्म पनि यसै क्षेत्रका क्रियाशील छन् । सन् १९८९ बाट बैङ्किङ यात्र सुरु गरेका गिरीले २५ वर्ष लामो (सन् १९८९ देखि २०१४ सम्म) स्ट्यान्डर चार्टर्ड बैङ्कमा काम गरे । पछि उनी कुमारी बैङ्कमा आए । अहिले उनी कुमारी बैङ्कको डेपुटी सीईओको रूपमा काम गरिरहेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.