बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दोश्रो प्रदेशस्तरिय क्यान इन्फोटेक मेला वीरगन्जमा सुरु

शुक्रबार, १० माघ २०७६, १२ : ०६
शुक्रबार, १० माघ २०७६

वीरगन्ज– वीरगन्जमा बिहीबार दोश्रो प्रदेशस्तरिय क्यान इन्फोटेक मेला सुरु भएको छ। नेपालमा सूचना प्रविधि विकास, प्रवर्धनका पछिल्लो दुई दशक भन्दा बढी समयदेखि काम गर्दै आएको आईटी व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) पर्सा र प्रदेश २ समितिले यो आइटी मेला आयोजन गरेका हुन्।

माघ १३ गतेसम्म क्यान इन्फोटेक मेला २०२० वीरगन्जको नगर सभागृहमा सुरु भएको हो। पूर्व राष्ट्रपति डा. रामबरण यादवले बिहीबार एक कार्यक्रम बीच मेलाको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले वर्तमान युग सूचना प्रविधिको भएको भन्दै विकासको लागि आजको युगमा यो अनिवार्य सरह भएको बताए। सूचना प्रबिधिको विकास, प्रवर्धन र सुधारका लागि क्यानले पछिल्लो समयमा सह्रानीय काम गरिरहेको बताए। 

सूचना प्रविधिसँगै केही विकृति समेत भित्रिएकोले यसप्रति सचेत हुन आवश्यक रहेको उनले बताए। आइटी क्षेत्रमा सक्रिय रहेकाहरुले यसको न्यूनिकरण गर्न अग्रसर हुनुपर्ने उनले सुझाव समेत दिए।

आर्थिक तथा व्यपारिक नगरी वीरगन्जमा र प्रदेश २ मा प्रविधिमैत्री वातारण सृजना गर्नका लागि क्यानले दोस्रो पटक यहाँ प्रदेशस्तरीय आइटी मेला गर्न लागेको आयोजक क्यान इन्फोटेक महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले बताए। 

२७ वर्ष अगाडी स्थापित क्यानलाई पछिल्लो मुलुकको संरचना अनुसार हरेक जिल्ला र तहसम्म विस्तार गरी सूचना प्रविधिमा सहयोग गर्ने र उपलब्धि हासिल गराउने तर्फ क्यान अगाडी बढेको उद्घाटन समारोहमा बोल्दै कुँवरले दावी गरे।

सूचना प्रविधि क्षेत्रमा काम गर्नेहरुको लागि नेपालमा कुम्भ मेला भनिने क्यान इन्फोटेक वीरगन्जमा आयोजित मेलामा यसपटक आइटीसँग सम्बन्धित विभिन्न ६० वटा स्टल राखिएको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए। प्रभु पे मुख्य प्रायोजक रहेको क्यान इन्फोटेक २०२० वीरगन्जमा विभिन्न छुट र आफरहरुको समेत व्यवस्था गरिएको छ।

मेलाको मुख्य आकर्षणमा रोबोट प्रतियोगिता, आइटी, म्युजियम, आईसीटी छात्रवृत्ति, छुट दरमा विभिन्न उपकरणलगयात रहेका छन्। पाँच दिनसम्म चल्ने क्यान इन्फोटेक २०२० वीरगंजमा हरेक दिन फरक विषयमा जानकारी मुलक कार्यशाला र अन्तरक्रिया समेत आयोजन हुने क्यान पर्साका अध्यक्ष साहले बताए। 

मेलामा आइसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, ई–वेष्ट म्यानेजमेन्ट, वाइफाइ, इन्टरनेट र लर्निङ सेन्टर र रोजगार केन्द्र मुख्य आकर्षणको रुपमा रहने आयोजकले जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप