शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजदेखि सहिद सप्ताह सुरु

शुक्रबार, १० माघ २०७६, ११ : ०२
शुक्रबार, १० माघ २०७६

काठमाडौँ । राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा आजदेखि सहिद सप्ताह मनाइँदैछ । 

सहिद स्मारक समिति केन्द्रीय कार्यालय, ललितपुरले मालेका महासचिव सिपी मैनालीको संयोजकत्वमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरी सप्ताहको सुरु गरेको हो । 

नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते राति १२ बजे काठमाडौँको टेकु पचलीस्थित खरिको बोटमा शुक्रराज जोशी ‘शास्त्री’लाई झुण्ड्याएर हत्या गरिएको थियो ।

त्यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्द ‘ठकुरी’लाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।

लखन थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार प्रसार गरेको आरोपमा वि.सं. १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । तर, नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।

कार्यक्रममा सिपी मैनालीले भिजिट नेपाल २०२० सफल पार्नको लागि पनि सरकारले सहिदहरुको ब्यानर बनाएर टाँस्नुपर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप