शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामुहिक राजीनामा बुझाएका नेपाल एयरलाइन्सका पाइलट भन्छन्, ‘विभेदले यो अवस्था निम्तायो’

‘अझै ८–१० ले राजीनामा बुझाउँदैछन्
शुक्रबार, १० माघ २०७६, ०९ : ३८
शुक्रबार, १० माघ २०७६

काठमाडौँ । नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

९० दिनको समयसीमा दिँदै उनीहरुले बिहीबार व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन् । व्यवस्थापनले नेपाली स्थायी कर्मचारीलाई काममा बढी लगाउने तर, विदेशीलाई कम काम लगाउने र सेवा सुविधा धेरै दिएको आरोप उनीहरुको गुनासो छ । 

‘३ महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने कि, नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने,’ पाइलटहरुले राजीनामा पत्रमार्फत व्यवस्थापनलाई २ विकल्प दिएका छन् ।

विदेशीले महिनामा ४६ घण्टामात्र जहाज उडाउँछन् भने नेपालीले महिनामा ९५ घण्टा जहाज उडाउने पाइलटहरु बताउँछन् । पाइलटहरुका अनुसार विदेशीले हप्तामा २ दिन छुट्टी पाउँछन् भने नेपालीले हप्तामा एकदिन मात्र छुट्टी पाउँछन् । त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन् । 

विदेशीले महिनामा १५ लाख तलब पाउँछन् भने कर पनि व्यवस्थापनले तिरिदिएको छ । नेपालीले ५ लाख तलब मात्र पाउँछन् । 

नाम गोप्य राख्ने सर्तमा एक सिनियर पाइलटका अनुसार ४० जनामध्ये २५ जनाले राजीनामा दिएपनि थप ८–१० जनाले केही दिनमै व्यवस्थापनलाई राजीनामा बुझाउने तयारी भइरहेको छ । 

हेर्नुहोस् सामूहिक राजीनामा पत्रः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप