शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आकर्षक र निश्चित उद्योगमा विदेशी लगानी भित्र्याउन यस्तो व्यवस्था

शुक्रबार, १० माघ २०७६, ०६ : ४८
शुक्रबार, १० माघ २०७६

सरकारले आकर्षक र निश्चित उद्योगमा विदेशी लगानी भित्र्याउन सहज हुने गरी ‘स्वचालित मार्ग’ को व्यवस्था गर्न लागेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमार्फत विभिन्न प्रकृतिका दुई दर्जन उद्योगमा स्वचालित मार्गको व्यवस्था गर्न लागिएको हो ।

नेपालमा विदेशी लगानी आकर्षणका लागि गर्नुपर्ने सुधारलाई निरन्तरता दिने क्रममा यस्तो व्यवस्था गर्न लागिएको हो । लगानीमैत्री वातावरण निर्माणलाई थप बलियो बनाउने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त नियमावलीको मस्यौदा बनाएको छ । 

मस्यौदा अहिले कानुन मन्त्रालयमा पुगेकोे छ । कानुनको रायसुझावपश्चात् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्नेछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि नियमावली कार्यान्वयनमा आउने छ ।

मस्यौदामा उद्योगका लागि निश्चित आकर्षक उद्योगमा विदेशी लगानीको उद्योग दर्तामा दुई तहको स्वीकृति लिनुपर्ने व्यवस्थालाई हटाएर एक चरणमा मात्र सीमित गर्न खोजिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप